सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार – Himalayan Dainik

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार


सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार

कैलाली, २२ बैशाख – कैलालीबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षीया जानकी देवी रावललाई कैलालीबाट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो ।

उनी ११ दिन पहिले सुत्केरी भएकी थिइन् । पेट सुनिने समस्या देखा परेपछि उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल ल्याइएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो । सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनको उद्धार गरी काठमाडौ लगिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।