काठमाडौँ, २० बैशाख – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्थायी कमिटि बैठक बोलाएको छ । स्थायी कमिटि सदस्यको माग अनुसार सचिवालय बैठकले बैशाख २५ गते काठमाडौंमा बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक समेत बस्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २५ गते विहान ११ बजे स्थायी कमिटि बैठक बस्नेगरी बोलाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसको तयारीका लागि २४ गते अपरान्ह ३ बजे सचिवालय बैठक बस्ने बताउनु भयो ।
सरकारले जारी गरेको अध्यादेशपछि स्थायी कमिटि सदस्यले बैठक बोलाउन माग गरेका थिए । २० सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन अध्यक्षद्वयसँग माग गरेको थिए ।