काठमाडौं, २० वैशाख – गोकर्णेश्वर नगरपालिकाका वडा ६ मा रहेको सामाजिक संस्था गैरीगाऊ युवा क्लबको पहलमा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले नि: शुल्क खाना बितरण गरेको छ | काठमाडौं जोरपटी स्थित एभरेष्ट बैंक पछाडी क्लवले दैनिक १५ सय जनालाई निशुल्क भोजन वितरण गर्दै आएको छ।
विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा यसरी निःशुल्क भोजनको प्रबन्ध सराहनिय भएको यस अभियानका संरक्षक दिपक लामाले बताउनु भयो ।
यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस निःशुल्क भोजनको प्रबन्ध झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क भोजनको प्रबन्ध गर्नु हुने क्याप्टेन विजय लामालाई क्लवका अध्यक्ष सुनिल तामाङले धन्यवाद दिनु भएको छ ।
सो क्लवले बैशाख ६ गते देखि गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ तथा विभिन्न समाजसेवीहरुको सहयोगमा निशुल्क भोजन वितरणको कामलाई निरन्तर संचालन गरिरहेको छ।