उत्तर कोरियाली नेता किम सार्वजनिक समारोहमा उपस्थित – Himalayan Dainik

उत्तर कोरियाली नेता किम सार्वजनिक समारोहमा उपस्थित


उत्तर कोरियाली नेता किम सार्वजनिक समारोहमा उपस्थित

प्योङयाङ, २० वैशाख – उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी सार्वजनिक कार्यक्रममा सार्वजनिक भएको समाचार एवं तस्बिरहरु सार्वजनिक नहुँदा उनी गम्भीर बिरामी परेको र मृत्यु नै भएको आशंका गरि विभिन्न समाचारहरु प्रकाशित भइरहेका बेला नेता किम उत्तर कोरियाको एक मल उद्योग उद्घाटन समारोहमार्फत् सार्वजनिक भएको जनाइएको छ ।

अप्रिल ११ मा सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिए पछि उनी कुनै पनि सार्वजनिक समारोहमा उपस्थित नभएको जनाइँदै आएको थियो ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिनमा समेत नेता किम सहभागी नभएको जनाइएकोले उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले किम सहभागी भएको कार्यक्रमको समाचार र तस्बिरहरु सार्वजनिक गरेको छ।