काठमाडौं, २० बैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा पूर्ण रुपमा नियन्त्रणमा गर्न घरमै उपचार गर्ने व्यवस्था मिलाउने भएको छ ।
सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । उक्त रणनीति र व्यवस्थित किसिमले काम गरिरहेकोले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।
‘कोरोना संक्रमणको दर थेग्नै नसक्ने गरी फैलिएमा सरकारले घरमै उपचार गर्ने व्यवस्था मिलाउने सम्मको तयारी गरिएको हुनाले आत्तिनुपर्ने अवस्था छैन’ सचिव कोइरालाले भन्नुभयो ।