अछाम, १९ वैशाख – अछाममा आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला अस्पताल अछाममा आइसोलेसन वार्डमा उपचाररत मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको मृत्यु भएको हो । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।