विश्वभर संक्रमितको संख्या ३३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या २ लाख ३४ हजार बढी – Himalayan Dainik

विश्वभर संक्रमितको संख्या ३३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या २ लाख ३४ हजार बढी


विश्वभर संक्रमितको संख्या ३३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या २ लाख ३४ हजार बढी

काठमाडौँ,१९ वैशाख – कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ३३ लाख भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै मृतकको संख्या २ लाख ३४ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ३३ लाख ७ हजार ६ सय ९१ जना संक्रमित पुगेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा १० लाख ९५ हजार २३ संक्रमित भएका छन् ।

त्यस्तै हालसम्म २ लाख ३४ हजार ७५ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा हालसम्म ६३ हजार ८ सय ५६ पुगेको छ भने इटालीमा २७ हजार ९ सय ६७ पुगेको छ । मृत्यु हुनेमा इटाली पछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो दिनमा सुधारगृहलगायतका अन्य स्थानमा मृत्यु हुनेको पनि संख्या जोड्दा ह्वात्तै बढेको छ । हालसम्म बेलायतमा २६ हजार ७ सय ७१ को मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घन्टामा ८६ हजार ३७ जना नयाँ संक्रमित देखिएका छन् भने ५ हजार ८ सय १ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर १० लाख ३९ हजार ५५ जना उपचारपछि घर फर्किसकेका छन् ।