कर्णाली नदीमा एक युवक बेपत्ता – Himalayan Dainik

कर्णाली नदीमा एक युवक बेपत्ता


कर्णाली नदीमा एक युवक बेपत्ता

हुम्ला, १८ बैशाख – कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् ।

बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।