काठमाडौँ, १८ वैशाख – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
बिहान ८ बजे वीरेन्द्रनगर–४ स्थित कुमाई चोकबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहीबार बिहान विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको हो ।
सुनार पूर्व-सुर्खेत जिल्ला इञ्चार्ज हुन् भने हाल वैकल्पिक केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएको छ ।