लकडाउनको समयमा महिला आधारशिलाले विपत्र वर्गका परिवारलाई दैनिक खाना खुवाउँदै आएको छ – Himalayan Dainik

लकडाउनको समयमा महिला आधारशिलाले विपत्र वर्गका परिवारलाई दैनिक खाना खुवाउँदै आएको छ


लकडाउनको समयमा महिला आधारशिलाले विपत्र वर्गका परिवारलाई दैनिक खाना खुवाउँदै आएको छ

काठमाडौँ,१८  बैशाख – हरेक विपत्तीमा समुदायका लागि सहयोग गर्दै आएको सो संस्थाले हिंसापीडित महिला तथा उनीसँग आश्रित बालबालिकाको लागि आश्रय प्रदान गर्दै शिक्षाको प्रवन्ध समेत गर्दछ ।

पहिलो चरणको लकडाउन हुँदा करिब दुईहजार सातसय जनालाई राहत बाँढेको थियाँै, अब विपन्नलाई खाना खुवाउन थालेको संस्थाका अध्यक्ष रेणु शर्माले जनाकारी दिनुभयो ।

विगत २५ वर्ष देखि महिला र वालवालिकाको क्षेत्रमा कार्यरत महिला आधारशिला जस्तो सुकै कठिन परिस्थितीमा पनि समस्यामा परेकालाई सहयोगी हातहरु अगाडि बढाउँदै आएका छौं, यसपटक कोरोनाले गर्दा लकडाउनको कारण दैनिक ज्यालामा काम गर्नेलगायत स– सना स्वतन्त्र व्यवसाय गर्नेलाई छाक टार्न गाह्रो छ । त्यसैले खाना तथा राहत बाढ्दैछौ भन्नुभयो –संस्थाका महासचिव कमला उप्रतीले ।

प्राकृतिक प्रकोप भुकम्प ,वाढी पहिरो,नाकावन्दी, मौसमी विपदका वेला पीडामा परेका अतिविपन्न परिवारलाई संस्थाले विभिन्न खाले सहयोग गर्दै आएको छ । यस पटक कोरोनाको कारण लकडाउनको पीडामा परेका केन्द्रमा ज्यालादारीमा काम गर्ने श्रमिकरुलाई राहत चामल दाल तेल र नून र अन्य सहयोग गरेको छ भने समुदायका गर्भवति ,सुत्केरी, एकल महिला ,अपाङ्ग महिला ,अतिविपन्न परिवारलाई राहत वितरण गरीरहेको उहाँले बताउनुभयो ।

संस्थाले स्थानिय निकायका वडा अध्यक्षहरुसँग सहकार्य र समन्वय गरी राहतका लागि सहयोग गरीरहेको छ ।
त्यसैगरी आधरशिलामा मनोविद्को रुपमा कार्यरत गीता न्यौपानेले कोरोना महामारीकाबीच अहोरात्र खटिरहने डक्टर, स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी, पत्रकार तथा सामाजिक सेवामा तल्लिन अभियन्ता, व्यक्ति संस्थाप्रति आधारशिला हार्दिक सम्मान र नमन व्यक्त गर्दछ, भन्नुभयो ।