बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना – Himalayan Dainik

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना


बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी, १८ बैशाख – बलिउडका अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

उनका दाइ रणधीर कपुरका अनुसार उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।

। रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’