संसदको बजेट अधिवेशन बोलाउने तयारी : प्रमद्वारा बैठक कक्ष अवलोकन – Himalayan Dainik

संसदको बजेट अधिवेशन बोलाउने तयारी : प्रमद्वारा बैठक कक्ष अवलोकन


संसदको बजेट अधिवेशन बोलाउने तयारी : प्रमद्वारा बैठक कक्ष अवलोकन

काठमाडौँ, १७ वैशाख – सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गनुभएकोछ ।

बुधबार बिहान कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गर्नुभएको हो ।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ ।