सुदुरपश्चिमका १९ जना सांसद मध्ये १६ जना प्रम ओलीको पक्षमा – Himalayan Dainik

सुदुरपश्चिमका १९ जना सांसद मध्ये १६ जना प्रम ओलीको पक्षमा


सुदुरपश्चिमका १९ जना सांसद मध्ये १६ जना प्रम ओलीको पक्षमा

काठमाडौँ, १७ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादलाई समाधान गर्ने प्रयास तथा शक्ति प्रस्तुत गर्ने क्रममा आज सांसदहरुद्वारा गरिएको हस्ताक्षर अभियानमा सुदुरपश्चिमका १९ जनामा १६ जनाले प्रधानमन्त्री केपी ओलीको पक्षमा समर्थन गरेका छन् ।

१९ जनामा १६ जनाले समर्थन गरेसँगै सुदुरपश्चिममा आफ्नो ठूलो शक्ति रहेको ठान्ने नेकपाका नेता भिम रावलको अस्थित्व समेत संकटमा परेको त्यहाँका ओली निकट नेताले जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षमा भने तीन जना मात्र रहेका बताइएको छ । जसमा भिम रावल, झपट रावल र अध्यक्ष प्रचण्डकी बुहारी विना मगर दावी रहेको छ ।

माधव कुमार नेपाल र प्रचण्ड मिली ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हटाउने रणनीति बनाएपछि ओली पक्षधरले आज हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । जसमा ओली पक्षमा ११५ जना सांसदले हस्ताक्षर गरेको ओली निकट समुहले जनाएको छ ।

स्थायी समितीको बैठकबाट ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने माधव प्रचण्डको खेललाई उक्त हस्ताक्षरले याजना असफल बनाईदिएको छ । यो सँगै भारतीय डिजाईनमा चलेको माधव प्रचण्डको ओलीलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र समाप्त भएको छ । संविधानत प्रधानमन्त्री चुन्ने अधिकार भनेको पार्टीलाई नभई संसदिय दलमा रहेको हुन्छ भने पार्टी अध्यक्ष चुन्ने अधिकार महाधिवेशनमा निहित रहेको हुन्छ । तर भारतीय योजनामा पार्टी तथा प्रधानमन्त्रीबाट हटाउने खेलमा प्रचण्ड तथा माधव लागि परेको श्रोतले बताएको छ ।