असारमा बैंकलाई बुझाउनुपर्ने किस्ताकाे व्याज घट्ने – Himalayan Dainik

असारमा बैंकलाई बुझाउनुपर्ने किस्ताकाे व्याज घट्ने


असारमा बैंकलाई बुझाउनुपर्ने किस्ताकाे व्याज घट्ने

काठमाडौँ, १७ वैशाख  – बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्म बुझाउनुपर्ने चौथो त्रैमासिक किस्तामा ऋणीलाई २ प्रतिशत व्याज कम पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो सूचना जारी गरेको हो । ऋणीले चैत मसान्त (तेस्रो त्रैमासिक अवधि)मा बुझाएको किस्तामा जोडिएको व्याजभन्दा असार मसान्तमा बुझाउने किस्तामा २ प्रतिशत व्याज कम हुने भएको हो ।

तर यस्तो सहुलियत व्याज सबै ऋणीहरुलाई भने हुने छैन। खाद्यान्न प्रशोधन तथा बिक्री वितरण व्यवसाय, ग्यास, साबुन, औषधि, इन्टरनेट तथा दूरसंचार, मदिराजन्य उद्योग व्यवस्थामा यस्तो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

कोभिड १९ ले पारेको आर्थिक असरलाई लक्षित गर्दै राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।