नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुग्यो – Himalayan Dainik

नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुग्यो

काठमाडौँ, १७ वैशाख –आज थप तीन जना जितपुरका ४३ वर्षीय पुरुष, सिम्रौनगढका ३१ वर्षीय पुरुष र वीरगञ्जका ४६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएसँगै देशभरमा संक्रमितको संख्या ५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको जानकारी दिएका हुन् । उनका अनुसार १६ जना निको भएर घर फर्किएका छन् । सातै प्रदेशको क्वारेन्टाइनमा बुधबार २२ हजार ९०१ जना रहेको छ । प्रदेश १ को क्वारेन्टाइनमा दुई हजार ४७८ जना, प्रदेश २ मा एक हजार ४०४ जना वाग्मती प्रदेशमा छ सय ११ जना, गण्डकी प्रदेशमा छ सय ९४, प्रदेश ५ मा १२ हजार ५१५ जना, कर्णाली प्रदेशमा ३ हजार ९६३ र सुदूर पश्चिम एक हजार २३६ जना रहेका मन्त्रालयले जनाएको छ ।

आज देशैभरका अस्पतालको आइसोलेनमा ८७ जना रहेका छन् जसमा काठमाडौँ उपत्यकामा ४ जना र उपत्यका बाहिर ८३ जना रहेको मन्त्रालयले जनाएको छ ।