मृत्यु नजिक पुगेर फर्किएकाे दुई साता नबित्दै प्रधानमन्त्री जाेनसन उत्तराधिकारीको जन्म – Himalayan Dainik

मृत्यु नजिक पुगेर फर्किएकाे दुई साता नबित्दै प्रधानमन्त्री जाेनसन उत्तराधिकारीको जन्म


मृत्यु नजिक पुगेर फर्किएकाे दुई साता नबित्दै प्रधानमन्त्री जाेनसन उत्तराधिकारीको जन्म

काठमाडौं,१७ वैशाख –  विश्वभरि फैलिइरहेको कोरोना भाइरसका कारण हालसम्म विश्वमा ३१ लाख ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २ लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बेलायत पनि हालसम्म २१ हजारभन्दा बढी आफ्ना नागरिक गुमाउन बाध्य भएको छ भने हालसम्म १ लाख ६१ हजारभन्दा बढी संक्रमित देखिएको छ । त्यही १ लाख ६१ हजारमा परेका थिए बेलायती प्रधानमन्त्री बोरिस जोनसन ।

जोनसन एक साता अस्पतालको उपचारपछि गतसाता मात्रै डिस्चार्ज भएका थिए । र गत सोमबारबाट मात्रै काममा फर्किएका थिए । आत्मविश्वासले भरिएका जोनसनले मृत्युसँग जुधेर मृत्युलाई जित्दै आप्mनी गर्भवती पार्टनरको साथमा बेलायती एवं बाँकी विश्वसँग नै खुशीयाली मनाउन पाएका छन् आज बुधबार ।

लन्डनस्थित लन्डन अस्पतालमा प्रधानमन्त्री एवं उनकी पार्टनर क्यारी साइमन्डसलाई पुत्रलाभ भएको छ । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए ।

प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उनलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् ।

उनले काममा फर्किएपछि दिएको कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताएका थिए । उनले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिएका थिए ।