रिस्ता अभिनित हिन्दी गीतको भिडियो रिलिज – Himalayan Dainik

रिस्ता अभिनित हिन्दी गीतको भिडियो रिलिज


रिस्ता अभिनित हिन्दी गीतको भिडियो रिलिज

काठमाडौँ, १६ वैशाख – नायिका रिस्ता बस्नेतले एक हिन्दी गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनी अभिनित ‘साथिया तेरे विना’ बोलको भिडियो हालै रिलिज भएको छ ।

जी म्यूजिक कम्पनीको युटुब च्यानलबाट रिलिज भएको यो भिडियोको छायांकन नेपालमै गरिएको हो । यो गीतको भिडियोमा रिस्ताको साथमा भारतीय मोडल मञ्जुल खट्टरको अभिनय छ ।

कात्तिक कुस र ज्योतिका तङ्गीको आवाज रहेको यो गीतमा पुनित अवस्थीको संगीत, संजिव पाण्डेको शब्द रहेको छ ।