कोरोना भाइरस : रेडजोनमा ३ सय ४ जना, नयाँ संक्रमित फेला परेनन् – Himalayan Dainik

कोरोना भाइरस : रेडजोनमा ३ सय ४ जना, नयाँ संक्रमित फेला परेनन्


कोरोना भाइरस : रेडजोनमा ३ सय ४ जना, नयाँ संक्रमित फेला परेनन्

काठमाडौँ, १५ बैशाख – कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन् ।

हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको परीक्षण गरिउको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाको भनाइ छ । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ ।

यता, क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।

प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १ सय बेड सञ्चालनमा ल्याएको छ । त्यस्तै, पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्देशिका जारी पनि जारी गरेको छ । जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ।  यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ ।