चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा – Himalayan Dainik

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा


चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

काठमाडौँ, १४ वैशाख – नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्ववजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाडै लिइने बताएका छन् ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।