एकैदिन ४ जना अस्पतालबाट डिस्चार्ज, निको हुने १६ पुगे, अस्पतालमा ३५ जना उपचाररत – Himalayan Dainik

एकैदिन ४ जना अस्पतालबाट डिस्चार्ज, निको हुने १६ पुगे, अस्पतालमा ३५ जना उपचाररत


एकैदिन ४ जना अस्पतालबाट डिस्चार्ज,  निको हुने १६ पुगे, अस्पतालमा ३५ जना उपचाररत

काठमाडौं, १४ वैशाख – नेपालमा कोरोना संक्रमणबाट थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नै सोही वीरगञ्जमा थप २ मा कोरोना संक्रमण देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा नै राखिएको छ । उनीहरुसँग हालसम्म नेपालमा ५१ जना संक्रमित पुगेका छन् भने कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।