काठमाडौं, १४ वैशाख – हिमानी कोषले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोषले आइतबार सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० लाई २ सय थान पिपिई, के ९५ मास्क ५ सय थान, सर्जिकल मास्क ५ सय थानलगायत सामग्री हस्तान्तरण गरेको छ।
यसैगरी विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई १ सय थान पिपिई, मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ। अन्य संघसंस्थालाई पनि क्रमशस् स्वास्थ्य सामग्री हस्तान्तरण गरिने कोषले जनाएको छ।
कोषले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्नका लागि कोषलाई १ करोड रुपैयाँ सहयोग गर्ने कोषका आजीवन सदस्यद्वय प्रभुशम्शेर राणा र राजी राणालाई धन्यवाद ज्ञापन गरेको छ। कोषलाई सहयोग गर्ने अन्य व्यक्ति तथा कोरोना रोकथाम अभियानमा सक्रिय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई पनि कोषले आभार प्रकट गरेको छ।