काठमाडौं, १४ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विषयमा मिडियामा आएको चर्चामा आफनो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गौतमले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र समस्या उत्पन्न भएको उल्लेख गदै प्रधानमन्त्रीलाइ वैठक बोलाउन सुझाब दिएको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा भन्नुभएको छ,समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर होइन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरूको सामना गरेर मात्र गर्न सकिन्छ भनेको हो।
प्रधानमन्त्री ओलीले राजिनामा दिएर बालकोट बसे हुन्छ भन्ने बामदेव गौतमको तर्क थियो भन्दै केही सञ्चारमाध्यमले प्रकाशित गरेपछि उपाध्यक्ष गौतमले सत्य, तथ्य विज्ञप्ती मार्फत सार्वजनिक गर्नुभएको हो । आफ्ना कुरा प्रधानमन्त्रीले धैर्यतापूर्वक सुनेको गौतमले लेख्नुभएको छ। आफू र प्रधानमन्त्रीबीच भएका कुराबारे मनमौजी किसिमले टिप्पणी भएको उहाँले बताउनुभएको छ ।