मुम्बई, १३ बैशाख – बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० लाख जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् ।
यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका लागि २० हजार जोर जुत्ता प्रदान गरेको भारतको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
२० हजार जोर जुत्तालाई तत्कालै सम्बन्धित स्वास्थ्यकर्मीमाझ वितरण थालिएको छ । उनले आफ्ना पति निकसँग मिलेर अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि यही प्रकारको जुत्ता प्रदान गरेकी छन् ।