लकडाउनको समयमा चोरको बिग बिगी – Himalayan Dainik

लकडाउनको समयमा चोरको बिग बिगी


लकडाउनको समयमा चोरको बिग बिगी

काठमाडौँ, १२ वैशाख  – लकडाउनको मौका छोपी जिल्ला सदरमुकाम सिमकोटमा एकैदिन ६ पसलमा चोरी भएको छ ।

बिहीबार राति सिमकोटका कालीचोकस्थित आदित्य जनरल स्टोरका दुईवटा पसल, पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ । यसैगरी कालीचोकमा रहेको एसपी जनरल स्टोर, काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको ताला काटिएको छ । चोरले सुरक्षाका लागि राखिएका सिसिटिभी पनि फुटाएको छ । सिसिटिभी फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ ।

सुरक्षा प्रबन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीले बताएका छन् । चोकैमा रहेका आदित्य जनरल स्टोरका दुईवटा पसलमा चोरीमा भएको छ । एउटा पसलमा रहेका रक्सिहरु बल्याक लेबल, रेड लेबल, वल्ड दरबारलागयत चोरी भएको छ । अर्कोमा १५ (१६ वटा डाउन ज्याकेट १०(१२ वटा जिन्स पाइन्ट चोरले लिएको थाहा भए पनि अन्य के कति चोरी भएको छ, यकीन हुन बाँकी रहेको आदित्य जनरल स्टोरका रेशम महतले बताए ।

सदरमुकाम सिमकोटको सुरक्षा मजबुत भएको प्रहरीले दावी गरे पनि बजारमा सुरक्षा गस्ती नै नगरेको स्थानीयले आरोप लगाएका छन् ।