ओखलढुंगा, १२ वैशाख – उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बस्दै आएकी एक युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारीले जानकारी दिए । शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।
उनी केहीदिन अघि उदयपुरबाट आएको हुनाले कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो । अहिले उनलाई सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।