काठमाडौं, १२ वैशाख – सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।
यसअघि सो विधेयक जारी भएपनि सरकारभित्रै र सरकारबाहिर विरोध भईरहेको थियो ।