प्रधामन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान – Himalayan Dainik

प्रधामन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान


प्रधामन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान

काठमाडौँ, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले  शुक्रबारको लागि  मन्त्रिपरिषद् बैठक  बोलाउनु भएको हो ।

बैठक बिहान ११ बजेका लागि बोलाउनु भएको हो । अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललाई अध्यादेश खारेज गरिने आश्वासन दिनुभएको थियो ।

तर, अध्यादेश कहिले फिर्ता हुने अन्यौल बढेपछि भैँसेपाटीमा नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।