अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन – Himalayan Dainik

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन


अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ, १२ वैशाख – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने नेविसंघले जनाएको छ ।

सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ ।