अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजारको हारहारीमा – Himalayan Dainik

अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजारको हारहारीमा


अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजारको हारहारीमा

एजेन्सी, १२ वैशाख  – अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० हजारनजिक पुगेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ ।अमेरिकामा बिहीबार मात्रै कोरोनाबाट २ हजार ३ सय २५ जनाको ज्यान गएको छ भने साढे ३१ हजार नयाँ संक्रिमत थपिएका छन् । यो सँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ८० हजार पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना लागेर निको हुनेको संख्या ८५ हजार ९२२ रहेको छ । अहिले ७ लाख ४४ हजार ४३७ जनामा कोरोना सक्रिय रहेको वर्ल्डो मिटर्सले जनाएको छ । तीमध्ये १५ हजरको भने अवस्था गम्भीर रहेको छ । न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ८६१ पुगेको छ । बिहीबार मात्रै त्यहाँ ५०७ को मृत्यु भएको छ भने ६ हजार ३३१नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म न्यूयोर्कमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार पुगेको छ ।

त्यस्तै न्यूजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । त्यहाँ ५ हजार ४२८ जनाले ज्यान गुमाएका छन् । बिहीबार मात्रै त्यहाँ ३६५ जनाको मृत्यु भएको छ भने ४ हजार १६० नयाँ संक्रमित थपिएका छन् ।