भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु – Himalayan Dainik

भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु


भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु

एजेन्सी, १२ बैशाख – भारतमा कोरोना संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् ।

त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको छ । भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।