नेपालमा ४८ औं संक्रमित भेटिए, भोजपुरका २६ वर्षीय युवकमा कोरोना संक्रमण – Himalayan Dainik

नेपालमा ४८ औं संक्रमित भेटिए, भोजपुरका २६ वर्षीय युवकमा कोरोना संक्रमण


नेपालमा ४८ औं संक्रमित भेटिए, भोजपुरका २६ वर्षीय युवकमा कोरोना संक्रमण

विराटनगर, ११ वैशाख  – नेपालमा कोरोना भाइरसका ४८ औं संक्रमित भेटिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गरिएका भोजपुरका एक युवकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । यससँगै बिहीबार मात्रै थप नयाँ ३ जनामा कोरोना संक्रमित भेटिएको छ ।

भोेजपुरको हथुवागढीका २६ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको जनाइएको छ । उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । विस्तृत विवरणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन ।

बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो । यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन्