पूर्वसचिव उपाध्याय पक्राउ – Himalayan Dainik

पूर्वसचिव उपाध्याय पक्राउ


पूर्वसचिव उपाध्याय पक्राउ

काठमाडौं, बैशाख ११ –  फेसबुक मार्फत कोरोनाबारे अफवाह फैलाउने पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ ललितपुरबाट उपाध्यायलाई पक्राउ गरेको हो । उपाध्यायले केही दिनअघि कैलालीमा दुइ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै अफवाह फैलाउनु भएको थियो ।

उपाध्यायले ब्रेक्रिङ न्युज भन्दै हुँदै नभएको विषयमा भ्रम फैलाएर समाजलााई भ्रमित बनाएको अभियोगमा प्रहरीकोसाइवर ब्यूरोले पक्राउ गरेको हो । पूर्वसचिव उपाध्यायले केही समयदेखि यस्तो भ्रमणपूर्ण काम गर्दै आउनुभएको थियो । उहाँले पछिल्लो केही साता यता सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्रमपूर्ण सूचनाहरू हाल्दै आफ्नो फलोअर बढेको भन्दै घमण्ड समेत प्रस्तुत गर्दै आउनुभएको छ ।

उहाँले रूकुम पश्चमिकका दुइ जनको धनगढीमा पिसआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भन्दै भ्रम छर्नुभएको थियो भने नेकपाका नेतृव र सरकारका मन्त्रीहरूविरूद्ध छाडा शब्दमा गालीगलौज समेत गर्दै आउनुभएको थियो । उपाध्यायको गालीगलौज र अफवाहले सीमा नाघेपछि प्रहरीले पक्राउ गरेको हो ।