काठमाडौं, ११ वैशाख – सनसिटी अर्पाटमेन्टमा बस्ने कोरोना संक्रमित आमा छोरा पनि उपचारपछि घर फर्केको जनाइएको छ । मन्त्रालयले नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ताले उक्त कुरा जानकारी दिएका हुन् ।
उनीहरुलाई नयाँ वर्षका दिन कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि सरकारले अपार्टमेन्टमा बस्ने सम्पूर्ण मानिसहरुको परिक्षण गरेको थियो । उनीहरुसँगै नेपालमा हालसम्म ९ जना उपचारपछि घर फर्केका छन् ।
त्यस्तै थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।