समाजवादी र राजपाको पार्टी एकतापछि बन्ने भो जनता समाजवादी पार्टी – Himalayan Dainik

समाजवादी र राजपाको पार्टी एकतापछि बन्ने भो जनता समाजवादी पार्टी


समाजवादी र राजपाको पार्टी एकतापछि बन्ने भो जनता समाजवादी पार्टी

काठमाडौं,११ वैशाख – समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ । सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् ।

samsam2