काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८४ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
वल्र्डोमिटरडटकमका अनुसार अहिलेसम्म मृतक संख्या १ लाख ८४ हजार २ सय १७ पुगेको छ भने संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । हालसम्म अमेरिकामा ४७ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ भने ८ लाख ४८ हजार ९ सय ९४ जना संक्रमित भएका छन् ।
अमेरिकामा ८४ हजार ५० जना निको भएर घर गएका छन् । अमेरिकाको न्युयोर्क शहरमा मात्र १५ हजार ७४ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालको छिमेकी देश भारतमा भने हालसम्म २१ हजार ३ सय ७० जना संक्रमित भएका छन् भने ६ सय ८१ जनाको मृत्यु भएको छ ।