काठमाडौँ, १० वैशाख – बलिउडका निर्देशक रोहित सेट्टीले मुम्बई प्रहरीका लागि शहरका विभिन्न ८ होटलहरु उपलब्ध गराएका छन् ।
यी होटलमा ड्यूटीमा रहेका प्रहरीहरुले आराम गर्न सक्नेछन् । साथमा, उनीहरुका लागि यी होटलमा खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।
मुम्बई प्रहरीले यो कुराको जानकारी दिँदै रोहितलाई धन्यवाद दिएको छ । रोहितले मे ३ सम्मका लागि ८ होटलहरुमा यो सुविधाको व्यवस्था गरेका हुन् । उनले, बलिउडमा काम गर्ने मजदुरहरुका लागि ५१ लाख रुपैयाँ सहयोग पनि गरिसकेका छन् ।