मुक्तिनाथ विकास बैंकले बाँड्यो राहत – Himalayan Dainik

मुक्तिनाथ विकास बैंकले बाँड्यो राहत


मुक्तिनाथ विकास बैंकले बाँड्यो राहत

काठमाडौँ, १० वैशाख – मुक्तिनाथ विकास बैंकले लकडाउनको समयमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत बाँडेको छ।

बैंकको शाखा कार्यालय तुल्सीपुरले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्य सामाग्री बाँडेको हो । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुखसरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई प्रदान गरे ।

आगामी लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकले जनाएको छ ।