डब्लूएचओद्वारा लकडाउन नखोल्न आग्रह – Himalayan Dainik

डब्लूएचओद्वारा लकडाउन नखोल्न आग्रह


डब्लूएचओद्वारा लकडाउन  नखोल्न आग्रह

काठमाडौँ, १० वैशाख – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउन एकाएक नखोल्न आग्रह गरेको छ ।

कयौं देशहरूले लकडाउन हटाउने तयारी गर्दै आंशिक रूपमा प्रतिबन्ध हटाइसकेका बेला डब्लूएचओले मंगलबार यस्तो आग्रह गरेको हो ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भनेका छन्, ‘कम्तीमा पनि कोरोनाविरुद्धको खोप अथवा उपचार विधि पत्ता नलाग्दासम्म लकडाउन हाम्रा लागि ‘न्यु नर्मल’ हुनुपर्छ । किनकि यसबाट फाइदाका प्रमाणहरू देखिएका छन् ।’

लकडाउन हटाउन चाहने मुलुकले विस्तारै–विस्तारै खुकुलो बनाउने र लगातार रूपमा परिस्थितिलाई गम्भीर भएर ध्यान दिनुपर्ने उनको भनाइ उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।