विश्वभर कोरोना : २५ लाख ५६ हजार संक्रमित, ६ लाख ७७ हजार ५७५ जना निको – Himalayan Dainik

विश्वभर कोरोना : २५ लाख ५६ हजार संक्रमित, ६ लाख ७७ हजार ५७५ जना निको


विश्वभर कोरोना : २५ लाख ५६ हजार संक्रमित, ६ लाख ७७ हजार ५७५ जना निको

काठमाडौं, १० वैशाख – विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २५ लाख ५७ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ७७ हजार ५७५ जना निको भएका छन् ।
वल्र्डमिटरको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ८ लाख १८ हजार ७ सय ४४ लाई संक्रमण पुष्टि भएको छ।

त्यस्तै, स्पेनमा २ लाख ४ हजार १ सय ७८, इटालीमा १ लाख ८३ हजार ९ सय ५७, फ्रान्समा १ लाख ५९ हजार २ सय ९७, जर्मनीमा १ लाख ४८ हजार २ सय ९१, बेलायतमा १ लाख ३० हजार १ सय ७२ तथा टर्कीमा ९५ हजार ५ सय ९१ लाई संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार पुगेको छ। बुधबार बिहानसम्म १ लाख ७७ हजार ९ सय ८४ को मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ झन्डै ४५ हजारको मृत्यु भइसकेको छ।

इटालीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६, बेलायतमा १७ हजार ३ सय ३७ को मृत्यु भइसकेको छ। अहिलेसम्म कुल ६ लाख ९० हजार ४ सय ४४ उपचारपछि निको भइसकेका छन्।