न्यूयोर्क, ९ वैशाख – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १ लाख ७१ हजारभन्दा माथि पुगेको छ ।
वल्र्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर २५ लाख १ हजार ९ सय १९ जना संक्रमित भएको जनाइएको छ भने १ लाख ७१ हजार ७ सय ४१ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै हालसम्म ६ लाख ५८ हजार मानिस उपचारपछि घर फर्किसकेको तथ्यांकमा उल्लेख गरिएको छ ।
विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकाको रहेको पनि तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा ७ लाख ९२ हजार ९ सय ३८ जना संक्रमित र ४२ हजार ५ सय १८ जनाको मृत्यु भएको जनाइएको छ ।
भर्खरैको तथ्यांकअनुसार नेपालमा ४० जनामा कोरोना संक्रमण देखिएको छ भने ५ जना उपचारपछि घर फर्केको जनाइएको छ ।