काठमाडौँ, ९ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अचानक दुइटा अध्यादेश जारी गरेपछि त्यसको बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दै छ । आजै बस्न लागेको सो बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गरिने जनाइएको छ ।
सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।