काठमाडौँ, ८ वैशाख – नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई राहात सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई आँचल र उनको श्रीमान् उदीप श्रेष्ठले रहत वितरण गरेका हुन् ।
आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई छ । केही समय अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी आँचल निकै विवादित बनेकी थिइन् । विवाहमा लगाएको महंगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवादित बनेकी थिइन् ।