भक्तपुर, ८ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले १० वटा वडा कार्यालयलाई हात धुने टेंकी हस्तान्तरण गर्नुभएको छ ।
आज सांसद बस्नेतले सूर्यविनायक नगरपालिका वडा १ देखी १० वडा सम्मका सम्पूर्ण वडा कार्यालयहरुलाई ५०० लिटरको हातु धने टेंकी हस्तान्तरण गर्नुभएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण कार्यको रुपमा रहेको हात धुने, सरसफाई तथा सजकता भएकाले कोरोनालाई लक्षीत गर्दै उहाँले १० वटा वडा कार्यालयलाई हात धुने पानी टेंकी हस्तान्तरण गर्नुभएको हो । टेंकी वितरण कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकुमार रञ्जित सहितको टोलीद्वारा वडा कार्यालयलाई हात धुने पानी टेंकी हस्तान्तरण गरिएको हो ।
मानविय आस्था नेपालको सहयोगमा भक्तपुर जिल्लाका मध्यपुर थिमी, चाँगुनारायण तथा भक्तपुर नगरपालिकामा समेत आवश्यकता अनुसार वितरण गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाका संरक्षक समेत रहनुभएका सांसद बस्नेतको सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि दैनिक करिव १८ घण्टा सामाजिक सेवामा नै व्यतित गरिरहनुभएको छ ।
मानविय आस्था नेपालकै सहयोगमा भक्तपुरका चार वटै नगरपालिका भरमा करिव ४० वटा रात धुने पानी टेंकी वितरण गरिने तयारी गरिएको छ । सोही अनुसार आज सूर्यविनायक नगरपालिकाका १० वटै वडा कार्यालयहरुमा वितरण गरिएको हो । वाँकी आवश्यकता अनुसार वाँकी मध्यपुर, चाँगुनारायण तथा भक्तपुर नगरपालिकामा वितरण गरिने भएको छ ।
कोही पनि भोकै हुन नदिने उद्घोषका साथ उहाँको योजना अनुसार भक्तपुरमा दैनिक मजदुरी गरि जीविको पार्जन गर्ने, गरिव, असाहाय, सडक मानवलगायतका मानिसलाई निरन्तर रुपमा खाना खुवाउने कार्य समेत निरन्तर भइरहेको छ । कोही पनि भोकै नपरुन भन्ने उदेश्यले प्रतिनिधीसभाका सांसद बस्नेतको समन्वय र बिभिन्न निकायको सहयोगमा भक्तपुरमा चार ठाउँमा निशुल्क खाना खुवाई गाडीको व्यवस्थापन गरी पठाउने कार्य समेत भइरहेको छ ।
सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानु पर्ने, अति विपन्न मानिस भोकै छन् भने खाना खान आउँन आव्हान गरेको छ । लकडाउन सुरु भएपछि मानबीय आस्था नेपालले जिल्लाका चारवटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अति विपन्न परिवारका लागि जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्नहरु वितरण गर्दै आएको छ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार भक्तपुरमा कोही पनि भोकै बस्नु नपरोस भनेर राहत वितरण र बिभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने स्टेशन संचालन गरेको जानकारी दिनुभयो ।
अलपत्रलाई भोकै हुन नदिने बताउदै उहाँले सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने वासको व्यवस्था गर्ने बताउनुभयो । प्रहरीसंगको समन्वयमा पैदल यात्रुहरुलाई खाना खुवाएर हिजोदेखि बिभिन्न गाडीमा राखेर घर फर्काउ व्यबस्था गरेको बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नजुभयो, “प्रधानमन्त्रीको जनभावना र निर्देशन अनुसार हामीले अभियान सुरु गरेका छौ, काठमाडौँ उपत्यका भित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ, कोही भोकै हुनुहुन्छ भने मेरो फेसबुकमा १० जनाको नम्बर छोडेको छु ती नम्बरमा फोन गरेर हामीलाई खबर गर्नुस्, अब हामी कसैलाई भोकै र अलपत्र पर्न दिने छैनौं ।”