राष्ट्रपतिद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी – Himalayan Dainik

राष्ट्रपतिद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी


राष्ट्रपतिद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश जारी

काठमाडौँ, ८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकले पारित गरेको दुवै अध्यादेश जारी गर्नुभएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।

सोमवार साँझ दुवै अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ ।’