माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स – Himalayan Dainik

माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स


माल्दिभ्सका १८ नागरिक बोकेर उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ, ७ वैशाख – नेपाल वायु सेवा निगमको न्यारोबढी ए ३२० जहाज माल्दिभ्सका १८ नागरिक बोकेर बङ्गलादेशको राजधानी ढाका उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो ।

ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कनेछ । ढाकाबाट ती १८ मल्दिभ्सका नागरिक अर्को जहाजमार्फत गन्तव्यमा पुग्ने जनाइएको छ । पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पु¥याइदिएको थियो ।

यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अष्ट्रेलियाको शहर ब्रेश्वनमा सिधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् ।

निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले आठ अन्तर्राष्ट्रिय उडान भरेको छ ।