लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न – Himalayan Dainik

लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न


लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा आकस्मिक रक्तदान  कार्यक्रम सम्पन्न
काठमाडौँ, ६ वैशाख – हाम्रो मित्रता समुहको व्यवस्थापन तथा लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीकाे आयाेजनामा हालै एक आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द्रागिरी न.पा.वडा नं.१५  लाई आफ्नाे कार्यक्षेत्र बनाएर कृयाशिल रहेको हाम्रो मित्रता समूह नामक स्थानिय क्लवका सदस्यहरूकाे विशेष सकृयतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्काले हामीलाई बताउनुभएकाे हाे ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतको लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काका अनुसार नाेवल काेराेना भाइरस(काेविड-१९) काे विश्वव्यापी महामारीको कारण सम्पूर्ण देश नै लकडाउनमा रहेकाे याे विषम परिस्थितिमा बिरामीहरूकाे लागि अति आवश्यक तत्वकाे रूपमा रहेकाे रगतको अभाव भएकोले रक्तदान गर्न रेडक्रसबाट भएको आव्हानलाई मध्येनजर गरि स्थानीय हाम्रो मित्रता समुहको सहयोगमा काठमाडौं जिल्लाकाे चन्द्रागिरी नगरपालिका वडा नं•१५ स्थित बिष्णुदेवी मन्दिर परिसरमा सरकारद्वारा घाेषित लकडाउन तथा साेसिएल डिस्ट्यान्सिङलाई पूर्णरूपमा पालन गर्दै बिना तडकभडक र हुलमुल नगरी स्थानीय सहभागी तथा क्लवका स्वयंसेवकसमेत गरि करिव ३० पिन्ट रगत संकलन गरिएको थियो ।
‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने लायन्स अभियानकाे मुल मन्त्रलाई आत्मसात गर्दै आकस्मिक रूपमा आयाेजना गरिएको उक्त रक्तदान कार्यक्रममा सहभागी भै आफ्नाे अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालकाे सहयोग प्राप्त गर्ने अभिलाषा राखेको बताइएको