लकडाउनमा घरघरमै दाह्री-कपाल काटने सेवा – Himalayan Dainik

लकडाउनमा घरघरमै दाह्री-कपाल काटने सेवा


लकडाउनमा घरघरमै दाह्री-कपाल काटने सेवा

 दोलखा, सर्लाही घर भई दोलखा सदरमुकाम चरिकोटमा कपाल काटने व्यवसाय गर्दै आएका गौरीशंकर ठाकुरको दैनिकी अहिले व्यक्ति/व्यक्तिको घरमा पुगेर कपाल काटदै बित्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि घर जान रोकिएका ठाकुरको दैनिकी टोल÷टोलमा पुगेर कपाल काटदै बित्ने गरेको हो ।

सर्लाही लालबन्दी घर भएका ठाकुरले लकडाउन सुरु भएको चार दिनबाटै यस्तो कामको सुरुवात गरेका हुन । सुरुमा घर जान नपाएर चिन्तित भएका ठाकुर घर गएपछि क्वारेन्टाइनमा राखिदिने डरले सदरमुकाम चरिकोटमा नै बसेर जिविकोपार्जन गरिरहनुभएको छ । लकडाउनपछि २० जनाको दाह्री, कपाल काटेर ठाकुरले मात्र ३ हजारसम्म कमाएका छन ।

ठाकुर मात्र होइनन, उहाँ जस्ता ५ जना युवाहरुको दैनिकी प्रत्येक घर/घरमा पुगेर आफुले चिने जानेको मान्छेको कपाल, दाह्ी काटेर बित्न थालेको छ आजभोलि । कपाल काटदै हिडने ५ जनामध्ये २ जना भारत विहारका हुन भने ३ जना सर्लाही जिल्लाका रहेका छन । गाउघरमा जाँदा विदेशबाट आएको मानिस पनि हुनसक्ने भएकाले चरिकोट आसपास नै चिने जानेको मान्छेको मात्र कपाल-दाह्री काटिरहेको अर्का व्यवसायी हरिशंकर ठाकुरको भनाई छ ।

दोलखामा शैलुन व्यवसाय गर्दै आएका १५ जना भने आआफनो गृहजिल्ला फर्किसकेको छन । उनीहरुलाई जान चाहेमा स्थानीय प्रशासनले पास उपलब्ध गराइदिने बताए पनि आफनो जिल्ला पुगेपछि क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने थाहा पाएपछि सदरमुकाम चरिकोटमा नै सुरक्षित भएर बसेका हुन । पसल बन्द भएर दाह्री कपाल काटन नपाएका स्थानीयबासीले पनि घर÷घरमा आएर सेवा दिएपछि सहजता महसुस गरेका छन ।

मन्दिरा थापा