भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने – Himalayan Dainik

भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने


भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने

एजेन्सी,५ वैशाख – कोरोनाबाट संकटग्रस्त अर्थतन्त्र उकास्न भारतीय रिजर्भ बैंक (आरबीआई) ले बैंक तथा वित्तीय संस्थाहरुलाई ठूलो राहत प्रदान गर्ने घोषणा गरेको छ ।

भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले नगद प्रवाह बढाउनका लागि शुक्रबार बैंक, माइक्रोफाइनान्स इंस्टीट्यूट (एमएफआई) र बैंकिङ वित्तीय कम्पनीहरुलाई १ लाख करोड भारु नगद दिने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

रिजर्भ बैंकले ५० हजार करोड भारु टारगेटेड लंग टर्म रिपो अपरेशनका माध्यमबाट ५० हजार करोड सिस्टममा ल्याउने घोषणा गरेको छ ।

यसैगरी रिभर्स रिपो दर ०.२५ प्रतिशतले घटाएर ४ प्रतिशतबाट ३.७५ प्रतिशतमा झारेको छ । आर्थिक संकटका बीच यी संस्थाहरुलाई नगदमा अधिक समस्या भइरहेकाले यस्तो घोषणा गरिएको बताइएको छ ।

बैंकहरुले आफ्नो फण्डको ५० प्रतिशत रकम साना तथा मध्यम स्तरका नन बैंकिङ फाइनान्स कम्पनी एनबिएफसीमा लगानी गर्नुपर्ने छ। यसबाट एनबिएफसी तथा माइक्रो फाइनान्स इन्स्टिच्यूटहरुलाई लगानीको लागि फण्डको अभाव हुने छैन।

संकटका क्रममा देशको अर्थतन्त्र बचाउनका लागि रिजर्भ बैंक क्रियाशील रहेको छ । योभन्दा पहिले पनि रिजर्भ बैंकका गभर्नर दासले रिपो दरमा ०.७५ प्रतिशतको भारी कटौतीको घोषणा गरेका थिए ।