भक्तपुर अस्पताललाई पिपिइ हस्तान्तरण – Himalayan Dainik

भक्तपुर अस्पताललाई पिपिइ हस्तान्तरण


भक्तपुर अस्पताललाई पिपिइ हस्तान्तरण

भक्तपुर, ५ वैशाख  – राम चन्द्र प्रजापति । महिला उद्यमी संघ भक्तपुर र क्रयटिभ ओमन भक्तपुरको संयुक्त आयोजनामा दुधपाटी भक्तपुर स्थितको भक्तपुर अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई महिला उद्यमी संघका संस्थापक अध्यक्ष रिता अवालले स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने पिपिइ हस्तान्तरण गरे ।

स्वास्थ्यकर्मी र भक्तपुर अस्पतालमा कार्यरत स्वंमसेवकलाई कोरोना भाइरसबाट सर्नबाट रोक्न प्रभावकारी मानिएको पिपिइ सात सेट सहयोग गरेको हो ।

अस्पतालले कोरोना रोग विरुद्ध लड्न विशेष भुमिका खेलिरहेको र स्वयम् सेवकको रुपमा अस्पतालमा आएका बिरामीलाई कोरोना भाइरस सम्भावित संक्रमितलाई उद्दार तथा आवश्यक सहयोग गरि महत्त्वपूर्ण भिमिका खेलिरहेका अरुण सैजु राजेश गाईजु पुनम कर्मचार्य र न्हुज किजु ४ जना स्वंयसेवक कार्य गरेकालाई उचित मुल्यांकन गर्नु पर्ने संघका सस्थापक अध्यक्ष रिता अवालले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले विगतमा पनि सहयोग गर्दै आएको स्मरण गर्दै यस्तो संसार भर महामारीको रुपमा फैलिएको कोरोना भाइरससग एक जुट भएर लड्नु पर्नेमा जोड दिए ।

संक्रमन भयावहको अवस्थामा स्वास्थ्थकर्मीलाई आवश्यक पर्ने पिपिइ सहयोग गरेकोमा आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।