उच्चस्तरीय समितिको बैठक बस्दै : घर जान निस्किएका श्रमिकका विषयमा विशेष निर्णय हुने – Himalayan Dainik

उच्चस्तरीय समितिको बैठक बस्दै : घर जान निस्किएका श्रमिकका विषयमा विशेष निर्णय हुने


उच्चस्तरीय समितिको बैठक बस्दै : घर जान निस्किएका श्रमिकका विषयमा विशेष निर्णय हुने

काठमाडौं, ५ वैशाख – नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरवार अपरान्ह २ बजे बोलाइएको बैठकमा सडकमा हिडिरहेका श्रमिकको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुदैछ ।

श्रमिकहरु विशेष गरी स्थानीय सरकारसँग समन्वय नगरी आफुखुशी सडकमा हिड्न थालेपछि उनिहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुन लागेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि सरकारले जहा मजदूर छन्, त्यही स्थानीय सरकार वा प्रदेश सरकारलाई व्यवस्थापन गर्न निर्देशन दिएको थियो । रकमको अभाव भए केन्द्रले सहयोग गर्ने बताएपनि स्थानीय सरकारले वेवास्था गरेपछि सरकार दवावमा परेको छ ।

उनिहरुलाई घर पु¥याउने वा जहा छन् त्यही व्यवस्थापन गरेर राख्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ । यसैगरी बैठकमा बैशाख १५ गतेसम्मको लकडाउनलाई कसरी सफल बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।